आदरणीय दिदी बहिनी तथा दाजुभाइहरु,
सबैलाई हार्दिक अभिवादन नमस्कार !
यस कार्यक्रमका विशेष अतिथि सम्माननीय प्रधामन्त्री शेरबहादुर देउवा ज्यू, विभिन्न पार्टीबाट शूभकामना दिनका लागि यहाँ उपस्थित हुनु भएका साथीहरु, विभिन्न देशबाट पाल्नु भएर खास गरी भारतबाट आउनु भएका विजेपी, कांग्रेस आइ, कम्युनिष्ट पार्टी, भारतीय कम्युिनष्ट पार्टी, भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादी, भारतीय कम्युनिष्ट पार्टी माले लगायतका साथिहरु र अरु विभिन्न देशको प्रतिनिधि गर्दै आउनु भएका साथीहरु, तथा यहाँ उपस्थित हुनु भएका सम्पूर्ण दिदिबहिनी तथा दाजूभाइहरु, प्रिय कमरेडहरु र यस कार्यक्रममा विभिन्न प्राविधिक कारणहरुले बाटैमा रहनु भएका तथा यहाँ प्रवेश नै गर्न नसकेर बाहिर रहेका लाखौँको संख्यामा छरिएर रहेका साथीहरु, नारायणीको पल्लो किनारमा छरिएर रहनु भएका हजारौँ साथीहरु र बाटैमा आउँदै गर्नु भएका साथिहरु लगायत देशभरी र दुनियाँ भरिबाट प्रत्यक्ष प्रसारण विभिन्न माध्यमबाट हेरिहनु भएका सुनिरहनु भएका आदरणीय दिदी बहिनीहरु, दाजूभाइहरु सबैमा हार्दिक अभिवादन फेरि भन्न चाहन्छु ।
यहाँहरु सबैलाई स्वागत भन्न चाहन्छु । प्रधानमन्त्री ज्यूलाई स्वागत भन्न चाहन्छु । कार्यक्रममा आएर नेपाली कांग्रेसको तर्फबाट सम्माननीय प्रधानमन्त्रीले नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन भब्यताका साथ र उपलब्धिमुलक बनोस् भनेर शुभकामना दिनु भएको छ । म उहाँलाई स्वागत भन्न चाहन्छु । कार्यक्रममा स्वागत भन्न चाहन्छु ।
त्यसैगरी अरु पार्टीका साथीहरुलाई पनि । म सबै देशवाट पाल्नु भएका सबै पाहुनाहरुलाई धन्यवाद भन्न चाहन्छु । यहाँ उपस्थित हुनु भएका सबैलाई हृदयबाट नै धन्यवाद भन्न चाहन्छु ।
आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरु आज हामी नेकपा एमाले देशको सबभन्दा ठूलो पार्टी, नेकपा एमाले देशका सबैभन्दा बढी जनताले मन पराएको पार्टी, यस पार्टीको १० औँ राष्ट्रिय महादिवेशन यहाँ आयोजना गरिरहेका छौँ, यो भव्यताका साथ ।
यस्तो पार्टीको महादिवेशन हामी गरिरहेका छौँ । जुन पार्टी यस देशलाई हिजो राणाशासनलाई भत्काउने आन्दोलनदेखि लिएर, राणाशाही ढाल्ने आन्दोलनदेखि लिएर, निरङ्कुश राजतन्त्र फाल्ने आन्दोलनदेखि लिएर, अनेक प्रकारका उतार चढाबहरु झेलेर, अन्धकारबाट झेलेर, नेकपा एमालेले नेतृत्व गर्दै आएको छ ।
त्यो पार्टीको महाधिवेशन आज हामी गरिरहेका छौँ । हिजो इतिहासमा रगत बगाएर, दुःख, कष्ट सहेर बलिदान दिएर, देशलाई परिवर्तन गर्ने, महान् आन्दोलन हाकेर, देशलाई यहाँसम्म ल्याउन देशलाई योगदान गरेको पार्टी यस पार्टीको महाधिवेशन यहाँ हुँदैछ ।
आजका समस्याहरु ठीक ढङगले पहिचान गर्ने र ती समस्याहरुलार्ई समाधान गर्ने यो ऐतिहासिक अभिभारा बोकेको, ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने ऐतिहासिक अभिभारा बोकेको, नेपालका राजनैतिक समस्या, नेपालका आर्थिक समस्या, नेपालका सामाजिक समस्या र अन्य विभिन्न प्रकारका समस्याहरु र ती समस्याहरु समाधान गर्ने, यस्ता समस्या समाधान गर्ने अभिभारा बोकेको पार्टीको १० औँ महाधिवेशन आज हामीले चितवनमा गरिरहेका छौँ ।
यस पार्टीले बलिदानका ७२ वर्षहरु पार गरेको छ । संघर्षका ७२ वर्षहरु पार गरेको छ । कहिले कहिले विभिन्न प्रकारका उतार चढाबहरु देखेको छ । र, आम रुपमा सफलताका सिँढीहरु एकपछि अर्को थप्दै गएको छ ।
त्यसैले सुरुमा मैले भने नेपालको सबैभन्दा ठूलो पार्टी नेकपा एमाले सबैभन्दा समाजका परिवर्र्तनका लागि उग्रवामपन्थ होइन, आडम्मवरी होइन, व्यवहारिक ढङगले क्रान्तिकारी परिवर्तन, अग्रगामी परिवर्तन, कसरी गर्न सकिन्छ नेपालमा, त्यो कुराको सम्भव व्यवहारिक, उचित, नीतिहरु तर्जुमा गर्ने र ती कुराहरुलाई व्यवहारिक ढङगले अगाडि बढाउने, त्यसको १० औँ महाधिवेशन आज यँहा आयोजना भइरहेको छ ।
हाम्रो महाधिवेशनलाई आज आम जनताले आम नेपाली जनताले आशा, भरोसा, विश्वास, त्यसका साथ हेरिरहेको छ, कि यो पार्टीले आफ्नो महाधिवेशन नेकपा एमालेको महाधिवेशन जस्तै समझदारीपूर्ण सहमतिका साथ एकताबद्ध ढङगले अत्यन्तै लोकतान्त्रिक अभ्यासका साथ सम्पन्न गर्न सक्छ की सक्दैन ? कस्तो हुन्छ यो महाधिवेशन ? जनताको उत्साह कस्तो हुन्छ यो महाधिवेशनमा ? जनता यस महाधिवेशनमा एकदमै उत्साहका साथ हेर्न आउने , यस स्थलमा अटाउन सक्ने सभास्थलमा बस्ने नसक्ने बगरभरि बस्ने, वारीपटी बस्ने, पारीपटि बस्ने, पुलमा बस्ने वा त्यो पनि भेटिएन भने टाढा–टाढा स्क्रीनहरुबाट हेर्ने, त्यो पनि भएन भने घरघरबाट टेलिभिजनबाट हेर्दै आज नेकपा एमाललाई हेरिरहेका छन् । यस महाधिवेशनलाई हेरिरहेका छन् ।
म सबै कमरेडहरुलाई भन्न चाहन्छु । तपाईहरुले छानेर पठाएका प्रतिनिधिहरु गैरजिम्मेवार छैनन्, जिम्मेवार छन् । म भन्न चाहन्छु, अहिलेभन्दा एक महिना २५ दिन अगाडि हामीले विधान महाधिवेशन गरेका थियाँै । विधान महाधिवेशनमा ६ हजार ३ सय ४७ जना प्रतिनिधिहरु थियौँ । ३ दिन विधान महाधिवेशन चलेको थियो । त्यो दिन अत्यन्तै सक्रियतापूर्वक सहभागीहरुले भाग लिनु भएको थियो । उत्साहपूर्ण ढङगले छलफलमा सरिक भएर अत्यन्तै सौहार्द समझदारीपूर्ण एकताका साथ महाधिवेशन समाप्त भएको थियो ।
यसपटक त्यो संख्याभन्दा एक तिहाइ मात्र प्रतिनिधिहरु २ हजार वा २२/२३ सय प्रतिनिधिहरु होलान् । त्यति प्रतिनिधिहरुका बीचमा महाधिवेशन हुँदैछ । यस महाधिवेशनले देशका आजका समस्या पहिचान गर्ने र तिनको समाधान गर्ने, देशलाई एकजुट बनाएर समस्या समाधानका लागि अगाडि बढ्ने यी कामहरु गर्दैछ ।
मैले भनिराख्नु पर्दैन ढिलो चाँडोको बाटो नजाऊ । परमादेशको बाटो नजाऊ । परमादेशबाट संसदले बनाउनु पर्ने सरकार बनाएर थाहा नै नपाइ परमादेशबाट सरकार फरिने जस्ता असंवैधानिक कुराहरुमा नजाऊ बरु जनताका बीचमा जाऊ । हामीले आग्रह गरेका थियाँै, जनताका बीचमा जान अरु राजनैतिक शक्तिहरु त्रसित भए । जसले गर्दा जनताका विचमा जाने प्रयासलाई रोकियो । तर, कुनै न कुनै समय अब निकट भविष्यमा चुनाव आँउदैछ । स्थानीय तहको चुनाव आउँदैछ । प्रदेश सभाका लागि चुनाव आउदैछ । केन्द्र र संघका चुनाव आदैछन ।
म हाम्रा कमरेडहरुलाई भन्न चाहन्छु, सम्पूर्ण दिदी बहिनी दाजु भाइहरुलाई भन्दै छु, अब हामी चुनावका तर्फ पनि जाँदै छौँ । हामी जनमतको तयारी गर्नेछौँ । जनमतबाट हामीले एकल बहुमत ल्याउनु पर्नेछ । एमालेका लागि होइन, जनताका लागि, लोकतन्त्र गुम्न नपाओस् भनेर लोकतन्त्रको सुरक्षाका लागि, संविधान रक्षा र कार्यान्वयनका लागि, संविधानको गलत व्याख्यालाई जनताको अभिमतबाट जनादेशबाट सच्याएर अगाडि बढ्नका लागि नेकपा एमालेले बहुमत ल्याउनु पर्दछ ।
यस देशमा विकासको लहर चलाउनका लागि हामीले देशलाई अल्पविकसितबाट विकासशीलमा उठाएका छौँ । स्रोत साधनले सम्पन्न खनिजले सम्पन्न बनाउनु छ । नारायणी जस्ता नदीहरु बगिरहेको छ हाम्रोमा । हाम्रो देशमा पहाडहरु, हाम्रो देशमा हिमाल, हाम्रा अनेक प्राकृतिक सम्पदाहरु छन्, दुनियाँमा नभएका सम्पदाहरु हाम्रोमा छन् ।
विश्वमा कतै नपाइने शालिग्राम नेपालको कालीगण्डकीमा र चितवनको राम जन्मभूमि अयोध्यापूरीको सोरहू नदिमा पाइन्छ । शालिग्राम पाइने दुई वटा नदी छन्, विश्वमा त्यो नेपालमा मात्रै पर्छ । यो त्यस्तो ठाउँ हो ।
जे होस् हाम्रो यो महाधिवेशनबाट हामीले देशभित्र शान्तिमय बनाउनु पर्छ । हामी कुनै पनि बाहानामा हिंसात्मक बाटो चाहदैनौँ । जात–जातको बीचमा भाषा–भाषाको बीचमा धर्म–धर्मको बीचमा भुगोल–भुगोलको बीचमा सम्प्रदाय–सम्प्रदायको बीचमा नेपाली जनतालाई विभाजित गर्ने कार्यको विपक्षमा छौँ । हामी सामाजिक सद्भावको पक्षमा छौँ । हामी राष्ट्रिय एकताको पक्षमा छौँ ।
हाम्रा नीतिहरुको सम्बन्धमा हामी स्पष्ट हुनु पर्दछ । हामी सहअस्तित्व र सद्भावको पक्षमा छौँ । हामी सबैलाई समान अधिकार स्वअवसर उपलब्ध गराउने पक्षमा छौँ । सामाजिक न्याय समानता सबैलाई उपलब्ध गराउने पक्षमा छौँ । र, यो हुनु पर्दछ र यसको माध्यमबाट राष्ट्रिय एकता सम्भव छ । हाम्रो नीति विरोधको राजनीति होइन राष्ट्रिय एकता हो । समझदारी सदभाव एकताको नीति हो । हामी हाम्रो सदभावना कायम गर्ने छौँ । हाम्रो स्वाधिनता भनेर मात्र बस्दैनौँ, वास्तविक अर्थमा प्रयोग गरेर देखाउन चाहन्छौँ । हामी सर्वभौमसत्ता चाहन्छौँ । ठूलो सानो आकार प्रकार जस्तो सुकै होस् । विकासमा अगाडि–पछाडि जस्तोसुकै होस् तर समान रुपमा पारस्परिक सम्बन्धमा छिमेकसँग अन्तराष्ट्रिय सम्बन्धहरु अगाडि बढाउने छौँ ।
हाम्रो कसैसँग छैन शत्रुता सबैसँग मित्रता छ । म विश्वास गर्छु यदि कुनै देशसँग सम्बन्ध बिग्रेका छन् भने छलफलको माध्यमबाट समधान गर्नेर्छौ । हामीले लिपुलेक लिम्पियाधुरालाई नक्सामा छापेका छौँ । त्यसलाई हामीले संविधानको अंग बनाएका छौँ । छलफलको माध्यमबाट त्यो हाम्रो बनाउने छौँ । छिमेकी देशहरुसँग वास्तविक मित्रता कायम गर्ने प्रयत्न गर्ने छौँ । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालका हाम्रा विशेषताहरु नेपालका चाहनाहरु आकांक्षाहरु हामी निस्वार्थ रुपमा दुनियाँ सामु लान चाहन्छौँ । आज विश्व सहकार्यका साथ अगाडि बढ्न जरुरी छ ।
दुनियाको सामुबाट गरिबी अन्त्य गर्न, पछौटेपन अन्त्य गर्न, अशिक्षा अन्त्य गर्न र स्वास्थ्य क्षेत्रमा रहेको कमीकमजोरी अन्त्य गर्न विकासका पूर्वधारहरु तयार गर्न, विज्ञान र प्रविधिको विकास गर्न, वातावरणीय सन्तुलन कायम गर्न आज विश्वमा सहकार्य आवश्यक छ । कोहीपनि विश्वमा भोकले नमरोस् कोही घरबारविहीन नहोस् कसैले पढन नपाउने वातावरण नबनोस् यो विश्वको सबै नेताको बुद्धिजीवीको साझा कर्तव्य हो ।
कसरी यसलाई अन्त्य गर्न सकिन्छ, हाम्रो पार्टीको नीति त्यो हो त्यसैले विश्वसँग सहकार्य गरेर हातेमालो गरेर अगाडि बढने छौँ । हाम्रो विदेश नीति त्यस्तो छ । आन्तरिक रुपमा हामी लोकतान्त्रिक मुल्य मान्यता र लोकतन्त्रका आधारभूत आवश्यकता जो मानव जातिले निर्माण गरेको छ त्यसलाई आधार बनाएर अगाडि लिएर जान चाहन्छौँ ।
तिनीहरुको वास्तविक अर्थमा कार्यन्वयन गर्न चाहन्छौँ । तसर्थ लोकतन्त्र भन्ने कुरा मात्र होइन जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनको लागि हामीलाई चाहिएको छ । त्यसकारण हामीले संघर्ष गरेर ल्याएको प्रणालीको रक्षा त्यसमा सुधार परिमार्जन गर्न परेको खण्डमा जनताको आवश्यकताको औचित्यको आधारमा संविधान संशोधन हुन सक्दछ ।
नेपालको विकासको लागि आवश्यक पर्दा संविधान आवश्यक संशोधन हुन सक्दछ । हामीले विगतमा पृथकतावादी सोचमा रहेका साथीहरुलाई हिंसात्मक रुपमा रहेका साथीहरुलाई छलफलको माध्यमबाट शान्तिको नीतिमा समावेश गरेका छौँ । अब नेपालमा हिंसा छैन । अब समूहगत रुपमा हिंसा छैन नेपालमा । त्यसकारण नेपाल एउटा शान्तिपूर्ण वातावरणमा छ । नेपालमा आन्तरिकदेखि वैदेशिक लगानीको लागि वातावरण बनिसकेको छ ।
राजनीतिक वातावरण नभएपनि अन्य वातावरण बनिसकेको छ । अब लोकतन्त्र स्थापित भइसकेको छ । लोकतन्त्र अन्र्तगतका संरचना तयार भइसकेको अवस्थामा राजनीतिक अस्थिरता पनि कम हुने छ । शान्तिपूर्ण वातावरण कायम राखेर सुखी नेपाली समृद्ध नेपालमा अगाडि बढने अबको आवश्यकता छ । जसको लागि हामीले विगतमा के गर्यौ नाकाहरु बाटाहरु खोलेर एउटा भूपरिवेष्ठित देशभन्दा माथि उठाएर नेपाल निर्माण गर्ने मात्रै कुरा गरेका छैनौँ, नेपालको अवधारणालाई नै माथि उठाएका छौँ । हामीले भनेका छौँ समुन्द्र पनि हाम्रो हो । अन्तरिक्ष पनि हाम्रो हो । तर, हामी पुगिहाल्न सकेका छैनौँ । हामीले धर्ती छोडेर भूउपग्रह पठाएका छौँ । अब ठूलो साइजको भूउपग्रह पठाउने छौँ । अब अन्तरिक्ष पनि हाम्रो हो । सुरुङको काम गरेका छाँै । अब त्यो मात्र होइन अन्तरिक्षमा पनि अब हामी काम गर्ने छौँ । अन्तरिक्षमा हाम्रो मार्ग हुनेछ ।
मेरो नेतृत्वको सरकारले सेटलाइटको लागि हाम्रो मार्ग अरुले लिएको मार्ग, अरुले ओगटेको मार्ग हामीले हाम्रो बनाएका छौँ । अब हाम्रो अन्तरिक्षमा पनि हाम्रो स्थान छ । म हाम्रो सबै साथीहरुलाई भन्न चाहन्छु अन्तरिक्षमा पनि नेपालले आफ्नो दाबी गरिसकेको छ । त्यसै गरेर समुन्द्रमा हाम्रो हक छ । जलमार्गको लागि भारतसँग कुरा भइरहेको छ । यस सन्र्दभका कामहरु भइरहेको छ । अहिलेको सरकारको सम्बन्धमा म केही भन्न चाहन्न, प्रधानमन्त्रीलाई अतिथि बोलाएर मञ्चमा राखेर टिप्पणी गर्न बाञ्छनीय हुँदैन ।
प्रधानमन्त्री जी सायद काम गर्न चाहनुहुन्थ्यो कि ? तर प्रधानमन्त्री जीलाई काम गर्न गाह्रो पारिएको छ । मलाई खुट्टा तान्नेहरु आज उहाँको खुट्टा तान्न पुगेका छन् । उहाँलाई पनि अलिकति गाह्रो छ कि ? एउटा गोप्य कुरा फुस्काउनै पर्ने भो प्रधानमन्त्रीले सुनेपनि केही छैन । गोपनीयता के फुस्काउनु पर्ने भो भने आउँदो चुनावपछि एमालेको सरकार बन्छ र सुखी नेपाली समृद्ध नेपालको अभिभारा पुरा हुन्छ ।
प्रधानमन्त्री सायद काम गर्न चाहनु हुन्थ्यो । तर, मलाई जस्तै उहाँलाई पनि अफ्ठ्यारो छ किन कि हिजो मेरा खुट्टा तान्नेहरु आज उहाँका खुट्टा समातिरहेका छन् । प्रधानमन्त्री यही हुनुहुन्छ । उहाँकै अगाडि मैले अलिकति गोपनीयता खुस्काउनु पर्ने भयो । गोपनीयता के हो भने आगामी चुनावपछि हाम्रो नेतृत्वमा सरकार बन्छ । स्थानीय तहका निर्वाचनमा नेकपा एमालेले पहिले जस्तो चालीस प्रतिशत मात्रै नभएर ५० प्रतिशत सिटमा नेकपा एमाले विजयी हुनुपर्छ ।
नेकपा एमालेका काम हेरेर यतिखेर दैनिक रुपमा विभिन्न पार्टीबाट नेकपा एमालेमा प्रवेश गर्ने कार्यक्रम जारी छ । मौका मिल्ने हो भने आजै यस मञ्चमा लाखौँ मानिस एमालेमा प्रवेश गर्नेछन् । तर, यो मञ्च त्यसका लागि उपयुक्त होइन । महाधिवेशनपछि प्रवेश कार्यक्रम लगातार चल्दै जानेछ । फागुनसम्म देशभर प्रवेश कार्यक्रम चल्नेछन् । देश बनाउनका लागि विभिन्न पार्टीका साथीहरुलाई नेकपा एमलेको झन्डामुनि गोलबन्द हुँदै नेकपा एमालेले धारण गरेको सूर्य चिन्ह लिएर अघि बढ्न हर्दिक आग्रह पनि गर्छु । नेकपा एमलेको चिन्ह पनि अफ्ठ्यारो छैन । कुन जातको भनेर सोच्नुपर्दैन ।
‘ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्’ हाम्रो चुनाव चिन्ह बिहानै उठेर जपिने गायत्री मन्त्र हो । त्यो भनेको हे सूर्य देवता तिमीले संसारलाई प्रकाशित गरेका छौँ । दुनियाँलाई उज्यालो दिएका छौँ । तिमीले दुनियाँलाई न्यानो बनाएका छौँ । मौसम परिवर्तन गरेका छौँ । ऋतुहरु दिएका छौँ । यामहरु दिएका छौँ । तिम्रै कारण सुख्खा तथा गर्मी हुन्छ । हिउँद बनाउँछौँ । बर्खा बनाउँछौँ । जाडो बनाउँछौ । गर्मी बनाउँछौँ । सृष्टि गर्छौँ । यी सबै यही मन्त्रले भन्छ । यही मन्त्रले भन्ने सूर्य नेकपा एमालेको चिन्ह छ । यो चिन्ह कसैलाई पनि बोक्न गाह्रो छैन । हामी भन्न सक्छौँ तिमीले दुनियाँलाई ताप दिएका छौँ । तिमीले नेपालबाट गरिबी हटाउन नेकपा एमालेको झन्डा काफी छ । महाभारतको युद्धमा अर्जुनले तागत प्राप्त गर्नका लागि हनुमानको झन्डा बनाएका थिए ।
कसैले बाण हान्यो भने हनुमानको झन्डाले अगाडि गएर रोक्थ्यो । त्यस्तै नेकपा एमालेमाथि कसैले बाण हान्यो भने नेकपा एमालेको सूर्य चिन्हअंकित झन्डाले रोक्नेछ । किन कि यो झन्डा देश, जनता, लोकतन्त्र र विकास, सामाजिक न्याय र समानताका लागि समर्पित छ । म किन सूर्य चिन्हमा जोड दिइरहेको छु भने मान्छेहरु हसियाँ हतौडामा मान्छेहरु अलि अलमलिरहेका छन् । हसिया हतौडा बोकेर बामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर तमासा देखाइरहेका छन् । हिजो देश बनाउने, सामाजिक परिवर्तन गर्ने नाममा कसैले हतियार उठाउन लगाए । कसैले हतियार उठाएर देशका लागि आहूति दिए । धेरै घाइते भए । आन्दोलनका घाइते र क्षतिका घाउहरु पुछ्नुछ । अहलेसम्म पनि शान्ति प्रक्रिया टुगिंएको छैन ।
किन घाइतेको उपचार हुँदैन ? किन बहिर्गमित लडाकुहरुको उपचार हुँदैन ? अनि मन परेका मान्छेलाई १०–१० हजार बाड्ने रे । यसरी पैसा बाडेर यो समस्याको समाधान हुन्छ ? घाइतेलाई उपचार गर्नु, समस्यामा परेकालाई उपचार गर्नु, अङ्ग–भङ्ग भएकालाई रोजगारी दिनु तपाई सरकारमा हुनु हुन्छ । हिजो सरकारले गर्न दिएन भनेर भाषण गर्नुहुन्छ । प्रधानमन्त्रीले गर्न दिएन भनेर भाषण गर्नुहुन्छ । अनि तपाई भन्नुहुन्छ । आज सरकार मेरो हातमा नभएपनि म सरकारलाई नचाइदिन्छु, त्यो मेरो हातको कठपुतली हो ।
म नै शक्तिशाली मै पावरफुल तर आज किन शक्तिशाली हुनुहुन्न ? किन घाइतेको उपचार गर्नु हुन्न ? लडाकुका समस्या समाधान गर्नु होस लडाकुका । म भन्न चाहन्छु, अब यो महाधिवेशन अन्त्य हुने वितिकै हामी पूर्व लडाकुहरुको व्यावस्थापन गर्ने छौँ । पूर्व लडाकुहरु नेकपा एमालेमा प्रवेश गर्दै हुनुहुन्छ । र, दशौँ हजारको संख्यामा हामी पूर्व लडाकुहरुलाई नेकपा एमालेमा प्रवेश गराउनेछौँ ।
नेकपा एमालेमा प्रवेश गर्नका लागि पूर्व लडाकुहरु जसरी तयार हुनु हुँदैछ । म उहाँहरुलाई आग्रह गर्न चाहन्छुु आउनुहोस । तपाइहरुको पार्टीले तपाइहरुलाई हेरेन के का लागि बलिदान दिनु भएछ ? देखिहाल्नु भयो, कसलाई मेयर बनाउन रहेछ, कसलार्ई मन्त्री बनाउन रहेछ । देख्नु भो नी ? तपाइहरु मेयर बनाइनु भएन, तपाइहरु मन्त्री बनाइनु भएन । मन्त्री बनाउने अर्के, एउटा गित थियो, ‘कुल्ली दाइले बाटो बनायो गाडी अर्कैले कुदायो ।’ तपाइहरुले मन्त्री बनाइने राजमार्ग त बनाइदिनु भयो । यो पार्टी फुटाउने तर, त्यसको फाइदा लिने त लडाकुहरु भएनन् । बहिर्गमित लडाकुहरु भएनन् । हिजोका पेले भएनन् । को–को भए मैले भनिराख्नु पर्दैन । म भन्न चाहन्छु नेकपा एमाले तपाइहरुको पार्टी हो । हिजोको गल्तिले तपाइहरु भ्रममा पर्नु भयो आउनुहोस् । अब अलमलमा नपर्नुहोस । देशको जनता नारायणी यता बगिरहेको छ, त्यो सँगै नबगेर यता एउटा डोबिलको पानी भएर त्यो त्यही बसिरहन्छ भने त्यसको केही अर्थ हुन्छ ? केही अर्थ हुँदैन, त्यसकारण म भन्न चाहन्छु देश निर्माण गर्न चाहने, देशमा परिर्वन ल्याउन चाहने, देशलाई अगाडि बढाउन चाहने सबै साथिहरु, सबै दिदीबहिनी दाजुभाइहरु नेकपा एमालेमा आउनुहोस् ।
नेकपा एमाललाई लिएर अगाडि बढौँ, म आग्रह गर्न चाहन्छु । नेकपा एमाले राष्ट्रिय स्तर होस् या अन्तर्राष्ट्रिय स्तर होस्, नेकपा एमाले शान्ति चाहन्छ । हिजोका द्वन्द्वका घाउहरु समाप्त पार्न चाहन्छ । त्यसलाइ सही ढङ्गले टुङग्याउन चाहन्छ । शान्ति प्रक्रिया टुङ्गाउनु पर्दछ । टुङ्ग्याउनु पर्दछ । शान्ति प्रक्रिया टुङ्गिनका लागि मलाई लाग्छ, प्रधानमन्त्री जी चाहनु हुन्छ भने पनि अहिलेको सरकारले सक्दैन । किनभने त्यँहा जस्ता तत्वहरु छन् । सिद्धान्तभन्दा नितान्त फरक तरिकाले हिडेका छन् तिनीहरु । कोही कोही त मन्त्रीको पद पाएर मन्त्री भएँ भन्दै कुदिरहेका छन् ।
त्यसकारण हामीले शान्ति प्रक्रिया टुङग्यानु पर्नेछ । हामीले हाम्रा छिमेकीहरु सँग मित्रवत् सम्बन्ध विकास गर्दै जानेछौँ । कतिले भन्छन् सम्बन्ध बिगारे सम्बन्ध बिगारेको होइन, सम्बन्धलाई अझ फराकिलो ढङगले, गहिराइमा विस्तृत ढङगले, अगाडि बढाउन लागेका हौँ । यसका लागि नेकपा एमाले प्रयासरत् छ, हामी प्रयासरत् रहेका छौँ । मैले भनिरहनु पर्दैन । पूर्वपश्चिम राजमार्ग चौडा हुँदैछ । अनेक विकास निर्माणका कामहरु हुलाकी राजमार्ग एकपटक हल्ला चलेको थियो । हुलाकी राजमार्ग तराई विरोधी हो । एमाले भनेको तराई विरोधी हो, भनेर हल्ला चलेको थियो ।
आज तराइमा सोध्नुहोस् त, हुलाकी राजमार्ग कसले बनायो । नेकपा एमालेले हुलाकी राजमार्ग बनाएको हो । त्यकारण हुलाकी राजमार्ग बनाउन एमाले चाहियो ।
त्यस्तै गरेर सुनकोशी मरिनडाइभर्सन गरेर एक लाख पच्चिस हजार विघा जमिन तराइको सिँचाइ गर्ने त्यो योजना कसले सुरु ग¥यो ? हामीले योजना बनाएर सुरुपनि गरिसकेका छौँ । यस्ता अनेकौँ कामहरु छन्, जसकोे उल्लेख गरेर म समय लिन चाहन्न । किनभने यँहाहरु धेरै टाढा–टाढाबाट आउन ुभएको छ । धेरै टाढा –टाढा पनि पुग्नु पर्नेछ ।
हाम्रो महाधिवेशन वास्तवमा सफल भइसकेको छ । त्यसर्थ तपाइहरुको त्यस सहभागिताका लागि म सबैलाई धन्यवाद भन्न चाहन्छु । तपाइहरुको योे उत्साहपूर्ण सहभागिता यसका लागि तपाइहरुले गर्नु भएको दुःख कष्ट तपाइहरुले गर्नु भएको मेहनत त्यसलाई म सलाम भन्न चाहन्छु । नेकपा एमाले एउटा परिपूर्ण समाज हो । एउटा विचार धाराको समाज हो । यसभित्र सांस्कृतिक क्षेत्र, खेल क्षेत्र अरु क्षेत्रहरु, यसभित्र सामाजिक अभियान्ताका क्षेत्रहरु, मानव अधिकारका क्षेत्रहरु अरु क्षेत्रहरु रहेका छन् ।
यी अनेक क्षेत्रहरु यसमा उद्यमी, व्यावसायीहरुको क्षेत्रहरु र अन्य विभिन्न प्रकारका क्षेत्रहरु सबै विषयमा नेकपा एमालेको ध्यान रहेको छ । ध्यान जान्छ । यूवाहरुको दीगो विकासका लागि युवाहरुले विदेश जान नपरोस् । विदेशमा रोजगारीका लागि जान नपरोस् । विदेशमा शिक्षाका लागि कतिपय अवस्थामा जानु पर्ला । शिक्षा दिन वा लिनका लागि जानु पर्ला । तर, रोजगारीका लागि, पसिना बगाउनका लागि विदेश जान नपरोस् । नेपालमा नै आफ्नो ठाउँँमा नै पसिनाका थोपाहरु बगाउने काममा यूवाहरुको बल क्षमता सीप र बुद्धिको प्रयोग गर्न सकौँ । यस कुरामा नेकपा एमालेको ध्यान गएको छ । त्यसैकारण हामीले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, यूवा उद्यम कार्यक्रमहरु तथा अन्य थुप्रै कार्यक्रमहरु ल्याएका छौँ ।
सटिफिकेटहरु राखेर विभिन्न किसिमका ऋण लिने वातावरण मिलाएका छौँ । जहाँ एमाले पुग्छ, त्यहाँ परिर्वतन सम्भव रहेको कुरामा विश्वास दिलाउन चाहन्छाँै । हामी सन् २००६ मा म उप प्रधानमन्त्री भएर संयूक्त राष्ट्र संघ, अमेरिका, यूरोप, गए । त्यहाँ भूटानी शरणार्थीहरु पालमा, टेन्टमा बसिरहेका थिए । तिनीहरुलाई फर्कन डिसिजन गर्नाले आज शरणार्थीहरु चिल्ला गाडिमा बसिरहेका छन् । अमेरिकी नागरकता लिएर सेवा सुविधायुक्त ठाउँमा बसिरहेका छन् । त्यो समस्याको समाधान गरियो ।
जहाँ हामीले पाइला टेकेका छौँ । त्यहाँ हामीले नयाँ काम गरेका छौँ । परिवर्तन गरेका छौँ । नयाँ योगदान दिएका छौँ सँधैभरि । अघिल्लो पटक म प्रधानमन्त्री हँदा मेरो नेतृत्वमा सरकार बन्दा त्यस सरकारले असाधारण ढङगले राष्ट्रियतासम्बन्धी, विकाससम्बन्धी अरु नयाँ अवधारण, नयाँ दृष्टिकोण, विकाससम्बन्धी, समाज परिवर्तनसम्बन्धी दृष्टिकोण अगाडि सारेका थियौँ । त्यसै गरेर पछिल्लो पटकका कामहरु राष्ट्रियताका सम्बन्धमा होेस् या अरु कुनै विषयमा प्रगति साथीहरुले देख्नु भएको छ ।
नेकपा एमाले यो खाटमा बसेर कोही कोही बेरोजगारले तास फिटेजस्तो तास फिट्ने र गफ गर्ने पार्टी होइन । यो देश बनाउने पाटी हो । यो पार्टी देशद्रोही गर्ने पार्टी होइन, रचनात्मक काम गर्ने पार्टी हो । राष्ट्र निर्माण गर्ने अभिभारा बोकेर अगाडि बढिरहेको पार्टी हो । यो कसैप्रति बैरभाव होइन, देशवासीप्रति अपनत्व देशवासीप्रति माया ममता र स्नेह बोकेको पार्टी हो ।
अब देशवासीको भविष्य दुःख पाउने होइन सुख पाउने हो । समृद्ध नेपाल र सुखि नेपालीको नारा अगाडि सारेर हिडेको पार्टी हो । अबको भविष्य सुखमय बनाएर अगाडि बढाउन सकियोस् । भोलिका नेपाली नागरिकहरुले अगाडि बढाउदै लैजान सकियोस् । गरिबी, पछौटेपन, दुःख, अशिक्षा, द्वन्द्व, बेरोजगारी किताबमा मात्र पढ्न पाऊ ।पुरान डकुमेन्ट्रीहरुमा मात्र हेर्न पाऊ ।
हाम्रा कतिपय विशलेषकहरुले यस्तो थियो, नेपाल देखाउदा हिजोको नेपाल देखाउन सकून् । आजको होइन भोलिको होइन । मैले एकपटक भनेको थिए । पहिलोपल्ट प्रधानमन्त्री हुँदा तुइनका फोटाहरु खिचेर राख्नुहोस् साथीहरु अब नेपालमा तुइन रहने छैन । हतार हतार मलाइ हटाए । फेरि आएर पनि मैले तुइन विस्तार गरेँ । त्रिशूलीको बाटो हिड्नुहोस् पहिला तुइन नै तुइन देखिन्थे । तुइन नै तुइनको खोलो थियो त्रिशूली । आज त्रिशूलीको बाटामा एउटा पनि तूइन छैन । पक्की पुल बन्दैछन् । पक्की पुल बनिसकेका छन् । झोलुङगे फुल बनिसकेका छन् । बन्दैछन् ।
तुइन यूगको अन्त्य भयो । हामी एउटा–एउटा यूगको अन्त्य गर्दै नयाँ नयाँ यूगको सुरुवात गर्दैछौँ । हामीले सुरुङ यूगको अन्त्य ग¥यौँ । सुरुङ मार्गहरु बनाउदै छौँ । अरु सुरुङमार्ग बनाउदैछौँ । अब हामी आइटीको सेक्टरमा, सञ्चारको क्षेत्रमा, विज्ञान र प्रविधिको क्षेत्रमा, कृषि क्षेत्रमा प्रयोग गर्नहोस् या उद्योगको क्षेत्रमा प्रयोग गर्नहोस् जुन सुकै क्षेत्रमा पनि विज्ञान प्रविधिको विकास गर्ने र प्रविधिको विकास गरेर नेपाललाई आधुनिक नेपाल अन्ध विश्वासमा अडेको होइन, वैज्ञानिक अवधारणाका साथ देश बनाउने संकल्पमा अगाडि बढेको नेपाल, त्यो नेपाल बनाउन चाहन्छौँ । त्यो विश्वास पुरा गर्ने अठोटका साथ हामी अगाडि बढिरहेका छौँ। अथवा लोकतान्त्रिक अभ्यास गरेर होस् ।
आजबाट सुरु गरेको महाधिवेशनमा भोलि विहान बन्दसत्र हुनेछ । पर्सी विहासम्म हामी सौहार्द वातावरणमा अत्यन्तै उत्साहका साथ रहने छौँ । र, महाधिवेशनको अन्त्य गर्नेछौँ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन खुल्लासत्र नेपालको इतिहासमा सर्वाधिक जनसहभागिताका साथ जनसर्थनका साथ जनसहभागिताका साथ सम्पन्न भएको छ ।
उद्घाटन सत्र त्यसरी समापन भएको छ, भने अब त्यसै गरेर बन्दसत्र अत्यन्तै उत्साहका साथ एकताबद्ध ढङगले र अर्को पाँच वर्षका लागि नेकपा एमालेलाई मात्र होइन, देशलाई नै दिशानिर्देश गर्ने बाटो देखाउने, एकताबद्ध नेतृतव निर्माण गरेर महाधिवेशनको हलबाट बाहिर आँउने छौँ । नेकपा एमाले सबै दिदीबहिनी दाजुभाइहरुलाई केही सुखद् सन्देश लिएर दुई दिनपछि बाहिर आउने छ । त्यससछि १३ गते हामी पत्रकार सम्मेलन गरेर पत्रकार सम्मेलनमार्फत हाम्रो सफलताको विज्ञप्ति सुनाउने छौँ । विज्ञप्ति जारी गर्नेछौ र पत्रकार सम्मेलन गरेर हाम्रो महाधिवेशनको अन्तिम रुपमा समापन हुनेछ ।
त्यसकारण यो विश्वासका साथ साथिहरु अगाडि बढ्नेछन् । आपसमा साना-तिना अन्तरविरोधमा नअल्झिन, राष्ट्र निर्माणको यो महान् अभियानमा हाम्रो समझदारी, हाम्रो एकता र हाम्रो एकतावद्ध प्रयासमा एकताबद्धताको आवश्यकता रहेको छ भन्ने कुरा बुझेर उचाइमा पुग्न म सम्पूर्ण कार्यकर्ता साथीहरुलाइ म आग्रह गर्दछु । हाम्रा स्वयमसेवक, हाम्रा कलाकार, सबै कमरेडहरुको मेहनत । यो मेहनत लगाव, यो जनमास कामप्रतिको लगाव र सारा कार्यकर्ताहरुको संयुक्त प्रयासबाट र आम जनताको संयुक्त प्रयासबाट यो महाधिवेशन यस भव्यताका साथ आयोजना भएको छ । र, सम्पन्न भएको छ ।
म तपाइहरु सबैलाई धन्यवाद भन्न चाहन्छु । र म फेरि एक पटक हाम्रा प्रधानमन्त्री लगायत विभिन्न पार्टीबाट आउनु भएका पार्टी प्रतिनिधिहरु लगायत देश तथा विदेशवाट पाल्नु भएका सबैमा धन्यवाद भन्न चाहन्छु । म यहाँ तपाइहरुलाई स्मरण गराउन चाहन्छु । बामपन्थी पार्टीमात्रै होइन कम्युनिष्ट मात्र होइन, आज हामीलाई एउटा विचारगत वा दार्शनिक पक्षको मात्र होइन, देशभित्रको मात्र नभएर देश बाहिर विज्ञप्तिबाट साथीहरु आउनु भएको छ ।
कंग्रेस आईबाट प्रतिनिधि आउनु भएको् छ । चिनियाँ कम्युनिष्ट पार्टीले शूभकामना पठाएको छ । रुसी कम्युनिष्ट पार्टीले शूभकामना पठाएको छ । जर्मनीबाट हामीलाई शूभकामना सन्देश आएको छ । इटालीबाट, कम्बोडियाबाट पार्टीको प्रतिनिधित्व गरेर भोलि नेपाल आउनु हुनेछ ।
भोलि विदेशी पाहुनाहरुलाई आज समय मिलेन भोलि बन्दसत्रमा उहाँहरुलाई बोल्ने समय उपलब्ध गराउने छौँ । म उहाँहरु आउनु भएकोमा, ज–जसले शुभकामना सन्देश पठाउनु भएको छ, उहाँहरुलाई धेरै नै शुभकामना भन्न चाहन्छु । विभिन्न क्षेत्रबाट हामीले जुन सहयोग पाएका छौँ, जुन सहयोग उहाँहरुले उपलब्ध गराउनु भएको छ, उहाँहरु सबैलाई म पार्टीको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु ।