काठमाडौं । नेपाली कांग्रेसको वडाअधिवेशनका क्रममा गोली चलेको छ ।
आइतबार सर्लाहीको बलरामा वडा अधिवेशनका क्रममा विवाद हुँदा गोली चलेको हो । बलरा नगरपालिका–९ अचलगढमा वडाअधिवेशन छलफलको क्रममा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहले गोली चलाएको खुलेको छ ।
गोली प्रदेशमन्त्रीका अंगरक्षकले चलाएको खुलेको छ। विवादका कारण बलराको ८ र ९ नम्बर वडाको अधिवेशन रोकिएको छ ।
उनले वडामा असन्तुष्टि जनाएपछि दुई पक्षबीच विवाद चुलिएको थियो । जारी विवादकै क्रममा मन्त्रीका अंगरक्षकले हवाई फायर खोलेका थिए ।