बाहिरिए सहमति जुटाउन ओलीसँग छलफलमा जुटेका नेता

काठमाडौं । पदाधिकारी र केन्द्रीय सदस्यको नामावालीमा सहमति जुटाउन छलफलमा जुटेका ओलीनिकट नेताहरु छलफलबाट बाहिरएका छन् । 

स्रोतका अनुसार उनीहरु सहमति गरेर बाहिरिएका छन् । नेताहरुले ३०१ जना केन्द्रीय सदस्यहरुको सूची तयार गरेर अध्यक्ष ओलीलाई दिएका थिए । ओलीसँग छलफलमा विष्णु पौडेल, इश्वर पोखरेल, शंखर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ बसेका थिए । 

छलफलपछि बाहिरिँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले विभिन्न लेयरमा बसेर नेताहरुले छलफल गरेको जानकारी दिँदै  सम्भवत: सबै विवाद टुंगियो कि भन्ने जवाफ दिएका छन् । 

नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत सहमतिमा केन्द्रीय नेतृत्व चयनका लागि आइतबार दिनभर प्रयास भएको छ । विहान १० बजे बोलाइएको बन्दसत्र रोकेर अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरुसँग परामर्श गरेका छन् ।

ओली बसेको होटल पार्क सफारीमा दिनभर नेताहरुको आउजाउ भएको छ । आइतबार साँझसम्म अध्यक्ष ओलीलाई भेट्न जाने र भेटेर फर्किने क्रम चलिरहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.