चितवन । नेकपा एमालेको १० औं महाधिवेशनमा केन्द्रीय सदस्यको लागि निर्वाचन हुने निर्णय भएको छ । अध्यक्ष ओलीले सहमतिका लागि अधिकतम् प्रयास गरेपनि अन्तिम समयमा आएर त्यो विफल भएको हो । निर्वाचनको लागि अहिले तयारी चलिरहेको छ । मतदाताको अन्तिम नामवली प्रकाशन सोमबार विहान २ :१० बजे हुने भएको छ । निर्वाचनमा विद्युतीय प्रणाली प्रयोग हुनेछ ।