महाधिवेशनले महिला आन्दोलनको मापन गरेको छ : शिवमाया

काठमाडौं । नेकपा एमालेकी नेतृ शिवमाया तुम्बाहाम्फेले पदाधिकारीमा महिला नआएको भन्दै असन्तुष्टि प्रकट गरेकी छिन् । 

सोमबार उम्मेदवारी दर्ताका क्रममा क्विक नेपालसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।

पार्टी सहमतिमा चलाउनुपर्ने भए महिलालाई केन्द्रीय सदस्यमा मात्रै सीमित गरेको उनको प्रतिक्रिया छ ।

पदाधिकारीमा महिलालाई पनि सहभागी गराउनुपर्छ भन्दै विगतमा नेतृत्वलाई भने पनि व्यवहारमा सो नदेखिएको उनले बताइन् । उनले भनिन्, ‘महिलाहरु पुरुषसरह सक्षम हुँदाहुँदै पनि हाम्रो दिमागमा रहेको पुरातन सोच परिवर्तन हुन नसक्दा यस्तो परिस्थित सिर्जना भएको हो ।’ 

यो महाधिवेशनले महिला आन्दोलन कहाँ रहेछ भन्ने कुराको मापनसमेत गरेको उनको प्रतिक्रिया थियो ।  

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.