कांग्रेस काठमाडौं सभापतिमा फेरी बानियाँ निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कृष्ण सबुज बानियाँ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

प्रकाशमान सिंह र गगन थापाको समर्थनमा सभापतिमा उम्मेदवारी दिएका बानियाँले संस्थापन पक्षका सभापतिका उम्मेदवार उपेन्द्र कार्कीलाई भारी मतान्तरले पराजित गरे । बानियाँको प्यानल नै निर्वाचित भएको छ ।

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको सोमबार बिहान सम्पन्न मतगणना अनुसार बानियाँ १ हजार ९ सय ५७ मत ल्याएर विजयी भए । प्रतिद्वन्द्वी कार्कीले १ हजार ८९ मत प्राप्त गरे ।

उपसभापतिमा राजकुमार नकर्मी १८ सय २९ र गोकर्ण केसी १९ सय २२, सचिवमा इन्द्रबहादुर थापा १९ सय १५ र गोविन्द पुडासैनी १८ सय १७ र सहसचिवमा रोमेल श्रेष्ठ १७ सय ७५ र प्रा।डा। अमिता प्रधान दुई हजार ६६ मत ल्याई निर्वाचित भएका छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.