पार्टी अध्यक्षसँग कुनै पनि छलफल भएको छैन : भीम रावल

चितवन । नेकपा (एमाले) को १० औं महाधिवेशनमा अध्यक्षको उम्मेद्वारी दिएका भीम रावलले पार्टी अध्यक्षसँग कुनै पनि छलफल नभएको खुलाएका छन् । उम्मेद्वारी दर्ता गराएपछि सञ्चारकर्मीसँगै बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

रावलले विधान महाधिवेशनमा र स्थायी कमिटीको बैठकमा कसरी अघि बढ्ने भनेर केही सल्लाह भएपनि पछिल्लो समय भेटवार्ता नभएको बताएका छन् ।

अध्यक्ष ज्यूले खास केही पनि भन्नु नभएको र प्रतिनिधिले उम्मेद्वारी दिन पाउने सर्वभौम अधिकार भएकाले आफूले अध्यक्षमा उम्मेदवारी दिएकाे बताएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.