काठमाडौ । नेकपा एमालेको १० औं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि अन्य प्रदेशमा कम्तिमा महिला कोटामा सहमति हुँदा पनि सुदूरपश्चिममा भने महिला र पुरुष दुवै कोटामा सहमति हुन नसक्दा आन्तरिक प्रतिस्पर्धाको सम्भावना बढेको छ ।
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार सुदूरपश्चिम बाहेक अन्य ६ प्रदेशमा महिला कोटाका उम्मेदवार निर्विरोध भएपनि यो प्रदेश मात्रै हुन नसक्दा निर्वाचनको सम्भावना देखिएको हो ।
पुरुष तर्फका ६ र महिला तर्फका तीन गरी नौ कोटाका लागि सुदूरपश्चिममा मात्रै १४ जना उम्मेदवार भएका छन् । जसमध्ये खुल्ला ६ जनामा ९ जना र महिला ३ जनाका लागि ६ महिला उम्मेदवार बनेका छन् ।
जसअनुसार खुला ६ का लागि सुदूरपश्चिममा राजेन्द्रसिंह रावल, अफिलाल ओखेडा, कृष्णप्रसाद जैसी, झपटबहादुर बोहोरा, दिपकप्रकाश भट्ट, नारायणमुनि रना, भैरवबहादुर सिंह, लीलाधर भट्ट, सहदेव बोगटीले उम्मेदवारी दिएका छन् ।
महिलादतर्फका तीन पदका लागि कमलादेवी महरा, कुमारीकमला बोहरा, पशुपति कुँवर, मञ्जु मलामी, सन्तोष शर्मा थापाले उम्मेदवारी दिँदा खुला र महिला दुवैतर्फ प्रतिस्पर्धा हुने देखिएको हो । उम्मेदवारी फिर्ता लिने समयसम्म १४ मध्ये पाँचजनाले उम्मेदवारी फिर्ता नलिए प्रतिस्पर्धा हुनेछ ।