काठमाडौं । काठमाडौं । नेकपा (एमाले) को दशौं महाधिवेशन अन्तर्गत पृथ्वी सुब्बा गुरुङ उपमहासचिवमा सर्बसम्मतिले विजयी भएका छन् ।
अन्य पदका लागि चूनाव भइरहेको भएता पनि उपमहासचिवमा अन्यको दावी नभएकोले आफू सर्वसम्मतीले विजयी भएको गुरुङको भनाई छ ।
उपमहासचिवमा विजय भएसँगै सर्वप्रथम एमालेमा भावनात्मक एकता ल्याउने पक्षलाई आफ्नो एजेन्डा बनाएर अघि बढ्ने गुरुङ बताउँछन् ।