काठमाडौ । जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नम्बरको बस दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।
जुम्ला प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार घटनास्थलमा नवीन रावल र विशाल बमको मृत्यु भएको छ । बसमा चार जना मात्र सवार थिए।