काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेको महाधिवेशनप्रति कटाक्ष गरेका छन्। यही मंसिर १० देखि १४ गतेसम्म चलेको नेकपा एमालेको महाधिवेशनलाई लिएर उनले कटाक्ष गरेका हुन् ।
‘नेपालमा पार्टी फुटाएर तीन टुक्रा बनाउने र महाधिवेशनको नामचाहिँ एकता महाधिवेशन राख्ने भर्खरै हामीले देखेका छौँ', उनले भने। उनले नेकपा एमाले महाधिवेशनमा अतिथिको रुपमा आफू नगएर लीलामणि पोखरेललाई अतिथिका रुपमा पठाएका थिए ।