आन्तरिक लोकतन्त्र बचाउन अन्तिमसम्म प्रयास गरेँ : रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टीलाई सिद्धान्त, विधि पद्धति र राष्ट्रिय हितअनुकुलको बाटोमा हिँडाउन आफूले अन्तिम समयसम्म प्रयास गरेको बताएका छन् । 

चितवनमा भएको १० औँ महाधिवेशनबाट अध्यक्ष पदमा पराजित भएका ओलीले बुधबार एक ट्विट गर्दै सो बताएका हुन् । ओलीसँग अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा फराकिलो मतले पराजित भएका थिए । 

'एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिँडाउन मैले अन्तिमसम्म प्रयास गर्ने अठोट गरे अनुसार महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ,' ‍उनले उल्लेख गरेका छन्।

© 2021 Quicknepal.com  |  All Rights Reserved.