काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा ओमिक्रोन भेरियन्ट भाइरस भित्रिन नदिन तीव्र रुपमा काम भइरहेको बताएको छ ।
बुधबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले सो बताएको हो । मन्त्रालयले हालसम्म नेपालमा कोरोनाको ओमिक्रोन भेरियन्ट नभेटिए पनि सचेत रहन आग्रह गरेको छ ।
यस्तै मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अपिलसमेत गरेको छ । ‘यो भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुमा असर पार्ने देखिएको छ,’ स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कोभिड-१९ विरुद्धको खोपले कोरोनाबाट बचाउन मद्दत गर्छ र पायक पर्ने ठाउँमा गई खोप लगाउनु हुन सबैमा अनुरोध छ ।’