विश्वमा प्रचलित हिन्दू र बौद्ध नेपालमा उत्पति भएका हुन् : लोहनी

काठमाडौं । नेपाल राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनीले विश्वमा प्रचलित दुई धर्ममध्ये हिन्दु र बौद्ध नेपालमा उत्पति भएको बताएका छन् ।

बुधबारबाट काठमाडौंमा सुरु भएको राप्रपाको महाधिवेशनलाई संबोधन गर्ने क्रममा विश्वमा बौद्ध र हिन्दू धर्मावल्मबी रहेको बताउँदै सोबारे नेपालीले गौरव गर्नुपर्ने बताए ।

संसारका कुनै पनि देश धर्मनिरपेक्ष हुन नसक्ने ठोकुवा गर्दै उनले धर्मनिरपेक्ष हुनुपर्छ भन्नेहरुले पैसा दिएर धर्म परिवर्तन गराउने गरेको आरोप लगाए । 

‘जहिलै पनि विदेशीको आक्रमण त्यस देशको धर्म, संस्कृतिका आधारलाई नास गर्नुपर्छ भन्ने छ। धर्मनिरपेक्षताको नाममा यो देशमा परिवर्तनको प्रभाव बढेको छ। त्यसलाई प्रगतिशील र अग्रगामी भनेका छन्। के हो अग्रामी भनेको?’ लोहनीले भने, ‘अर्काको देशको धर्मलाई उखाण्ड खोज्नु अग्रगामी हो? धर्मनिरपेक्ष देश भन्छन् पश्चिमा शक्तिहरु।’

पादरीहरुलाई पैसा दिएर अर्काकाको देशमा जाउँ त्यो देशको धर्म परिवर्तन गर भन्नु धर्मनिरपेक्ष नभएको लोहनीले भनाइ छ। युरोपियन देशहरु नेपालमा पैसा दिएर धर्म परिवर्तन गराउन लागि परेको बताए। धर्मनिरपेक्षतालाई यो देशका ठूला सिद्धान्तकारहरुले अग्रगामी भन्नु गलत भएको उनले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.