एजेण्डाले राप्रपा र एमालेलाई एक ठाउँमा ल्याउन सक्छः ईश्वर पोखरेल

काठमाडौं । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एजेन्डाका कारण राप्रपा र एमाले एक ठाउँ आउन सक्ने बताएका छन् । 

आजबाट काठमाडौंमा सुरु भएको राप्रपाको महाधिवेशनकाे उद्घाटनमा सहभागी भएका पोखरेलले बताएका हुन् । सम्बोधनमा उनले राप्रपा र एमालेको सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने बताउँदे उनले एजेण्डा मिल्ने भएकाले एकै स्थानमा आउन सक्ने बताए । 

सातातिना कुरामा विभाजित हुन नहुने भन्दै उनले सिद्धान्तको ठेलीले जनताको जीवन परिवर्तन गर्न नसक्ने बताए ।  विगत बिर्सिएर देश र जनताको अवस्था परिवर्तन गर्न राप्रपा र एमाले मिलेर अघि बढ्नु पर्नेमा जोड दिएका उनले देश र जनताको पक्षमा काम गर्ने गरी अघि बढ्ने प्रतिबद्धता जनाए ।

देशमा अस्थिरता ल्याउनेलाई चिन्नुपर्ने भन्दै उनले एजेण्डा, विचारमा एकता ल्याएर अघि बढ्नु पर्नेमा जोड दिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.