बुधबार थप ३ सय १६ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

१२ हजार ७ सय २७ नमुना परीक्षण गर्दा सो संख्या थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज  कोरोना मुक्ता भएर घर फर्कनेको संख्या २ सय ५९ जना रहेको छ भने कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३ जना रहेको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.