काठमडौं । अभिनेता निखिल उप्रेतीले जेठी श्रीमती कोपिलासँग सम्बन्ध विच्छेद गरेका छन् । गत श्रावण ३२ गते जिल्ला अदालत भक्तपुर समक्ष दुबैको राजीखुशीमा सम्बन्ध विच्छेद भएको अदालतले पुष्टि गरेको छ ।
अभिनेता उप्रेतीले पहिलो फिल्म पिंजडा गर्दा ताका निखिल विवाहित थिए । संघर्षकै समयमा उनले कोपिलासँग विबाह गरेका थिए । फिल्म मनमा माया गर्दा उनको सम्बन्ध अभिनेत्री संचिता लुईटेलसँग रह्यो । त्यसको केही समयमै उनले अभिनेत्री लुईटेलसँग विबाह गरे ।
विबाह पछि उनी कान्छी श्रीमतीसँग रहँदै आएकी थिए । जेठी श्रीमती कोपिलको तर्फबाट एक छोरा र कान्छी श्रमतीकाृ तर्फबाट एक छोरा र एक छोरी छन् । १३ बर्षको वैबाहीक जिवनलाई अन्त्य गर्दै निखल–कोपिला दम्पतीले सहमतीमै सम्बन्ध विच्छेद गरेका हुन् ।