कांग्रेसले १६ जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने

काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । 

बिहीबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । ‘आजका मितिसम्म अधिवेशन हुन बाँकी रहेका जिल्लामा अधिवेशनका सबै प्रक्रिया स्थगित गर्ने निर्णय भएको छ,’ कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

बुधबारसम्म ६१ जिल्लामा अधिवेशन सम्पन्न भइसकेका छन् । सातमध्ये प्रदेश २ का आठ जिल्लामा भने अधिवेशन नै भएका छैन । प्रदेश २ मा क्षेत्रीय अधिवेशन पनि भएको छैन । शुक्रबार प्रदेश र क्षेत्रीय अधिवेशन हुने कार्यतालिका छ ।

कैलाली, बाँके, अछाम, नवलपरासी पूर्व, सिन्धुपाल्चोक, मकवानपुर, चितवन र सिन्धुलीमा जिल्ला अधिवेशन हुन सकेको छैन ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.