राप्रपा महाधिवेशन : अध्यक्ष पदका लागि १ लाख शुल्क

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि शुल्क तोकिएको छ । 

निर्वाचन समितिका संयोजक निरञ्जन थापाका अनुसार अध्यक्षमा उम्मेदवारी दर्ताका क्रममा अध्यक्ष पदका लागि एक लाख, उपाध्यक्ष पदका लागि ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार शुल्क तोकिएको छ।

बुधबार सुरु भएको राप्रपा महाधिवेशनले अध्यक्ष, एक महिलासहित चार जना उपाध्यक्ष, एक महिलासहित तीन जना महामन्त्री र एक सय ४१ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुँदैछन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.