बागमती प्रदेशको न्यूनतम तथा साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।

संघमा सर्वोच्चको परमादेशमार्फत् गठबन्धन सरकार बनेसँगै सोको प्रभावस्वरुप बनेको बागमती प्रदेश सरकारले बिहीबार आफ्नो न्यूनतम तथा साझा कार्यक्रम सार्वजनिक गरेको हो । 

यसअघि संघीय सरकारले पनि गठबन्धनमा आबद्ध दल सम्मिलित भई न्यूनतम तथा साझा कार्यक्रम सार्वजनिक गरेको थियो । 

कार्यदलले कोभिड–१९ को महामारीबाट प्रदेशवासी नागरिकको जीवन रक्षा, संविधानको सर्वोच्चता, कानूनी राज्य र सुशासनको प्रत्याभूति दिलाउने गरी सरकार सञ्चालन गरिने, संघीयताको कार्यान्वयनका लागि प्रदेश सरकारका माध्यमबाट सशक्त पहल गरी संवैधानिक क्षेत्राधिकार बमोजिम प्रदेशका अधिकारको प्रयोग र स्थानीय तहका अधिकार हस्तान्तरण गर्नेजस्ता कार्यक्रम उल्लेख गरिएको छ ।

त्यसैगरी, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा आमनागरिकको पहुँच, आर्थिक सामाजिक रुपान्तरणको आधार निर्माणका लागि उच्च र समन्यायिक आर्थिक रुपान्तरणमा जोड दिने, कृषि तथा उत्पादनमुखि अर्थतन्त्रमा जोड, आपूर्ति व्यवस्थामा सुधार, महँगी नियन्त्रण तथा भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने कार्यक्रमहरु प्रदेश सरकारको मुख्य कार्यक्रम हुने उल्लेख गरिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.