काठमाडौं । नेकपा माओवादीले पार्टीको विधान परिमार्जन गर्ने भएको छ । शुक्रवार माओवादी केन्द्रको स्थायी कमिटीले विधान परिमार्जन गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको छ ।
नेता देव गुरुङको संयोजकत्वमा पाँच सदस्यीय कायदल गठन भएको छ । कार्यदलमा पम्फा भुसाल, लिलामणी पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव सदस्य छन् । कार्यदलले विधानको अध्ययन गरेर परिमार्जन गर्नुपर्ने बुँदाहरु सहितको मस्यौदा केन्द्रीय कमिटीमा प्रस्ताव गर्नेछ ।
मस्यौंदा प्रस्ताव पेश गर्ने अन्तिम मिती मंसिर २५ तोकिएको माओवदीका प्रवक्ता कृष्णबहादुर महाराले बताए । यस्तै माओवादीले राष्ट्रिय सम्मेलन व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरेको छ ।
सातै प्रदेशबाट सम्मान हिसाबले २१० जना प्रतिनिधि चयन गर्ने कार्यविधि पनि माओवादीले पारित गरेको छ । यस्तै प्रतिनिधिको संख्या परिमार्जन गर्न आवश्यक भए सोको प्रस्ताव तयार गर्न स्थायी कमिटीले अध्यक्ष पुष्प कमल दाहाललाई जिम्मेवारी दिईएको छ ।