सुरु भयो ३३७ स्थानीय तहबाट मतदाता नामावली संकलन

काठमाडौं । निर्वाचन आयोगले आजबाट स्थानीय तहबाट मतदाता नामावली संकलन कार्य सुरु गरेको छ । हिमाली र पहाडी जिल्लामा दश दिन र भित्री मधेश तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म मतदाता नामावदली संकलन कार्य सञ्चालन गर्ने आयोगले जनाएको छ ।

७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट भने नियमित मतदाता नामावली संकलन कार्य भइरहेको छ । आयोगका अनुसार एकल जिल्लाका व्यक्तिले अर्काे जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्नेछन् । अन्य जिल्लाको निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराएका व्यक्तिको नाम निजको स्थायी ठेगानामा कार्यालयमा पठाइनेछ । १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको मतदाता नामावलीको विवरण संकलन गरिनेछ । साथै १८ वर्ष उमेर पूरा गरेका सबै नागरिकको नाम मतदाता नामावलीमा समावेश गरिनेछ ।

२० पुसभित्र सबै स्थानीय तहमा मतदाता नामावली संकलन कार्य सम्पन्न हुनेछ । आयोगका अनुसार देशभर १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता रहेका छन् ।
स्थानिय तहको चुनाव अगावै मतदाता नामावली संकलन कार्य सकाउने आयोगको तयारी रहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.