नेपालमा विवादित एमसीसीबारे वासिङटनमा बोर्ड बैठक बस्ने

काठमाडौं । नेपालमा विवादित मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) बारे अमेरिकाको बासिङटन डीसीमा बोर्ड बैठक बस्ने भएको छ । डिसेम्बर १४ मा वासिङटन डीसीमा बस्ने बोर्ड बैठकमा नेपाल कम्पयाक्टबारे छलफल हुने एमसीसी मुख्यालयले जनाएको छ ।

नेपालको संसदबाट एमसीसी पारित हुन नसक्दा अमेरिकी उच्च अधिकारीको नेपाल भ्रमण समेत बढ्न थालेको छ । राजनीतिक दलबीच कुरा नमिल्दा र जनस्तरबाटै विरोध भएपछि संसदमा पुगेको एमसीसी पास हुन सकेको छैन । नेपालमा एमसीसी पास हुन नसकेको बारे बस्न लागेको बैठकले यसबारे महत्वपूर्ण निर्णय लिन सक्ने आँकलन गरिएको छ ।

नेपालमा एमसीसी लागू गर्न २०७४ मा सहमति भएको थियो । विवादित बनेको एमसीसी पारितको समय २०७६ मै सकिएको भएपनि अमेरिकाले एमसीसी पारित गराउन निरन्तर जोड दिँदै आएको छ ।

एमसीसी परियोजना अन्तर्गत ५० अर्व रुपैयाँ अनुदान अमेरिकाे तर्फबाट र नेपाल सरकारबाट १३ अर्ब रुपैयाँको योजना रहेको छ । यो रकम भने नेपालको उर्जा र सडक निर्माण कार्यमा प्रयोग गरिने भनिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.