कांग्रेसको नेतृत्वमा मात्रै विकास र समृद्धि सम्भव छ : देउवा

काठमाडौं । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसले मात्रै मुलुकमा विकास र समृद्धि सम्भव भएको बतएका छन् । 

शुक्रबार प्रदेश १ को प्रथम अधिवेशन उद्घाटनलाई सम्बोधनका क्रममा देउवाले बताएका हुन् । उनले प्रदेश अधिवेशन उद्घाटन गर्दै पार्टी र देशको हितका लागि यो महाधिवेशनबाट कांग्रेसलाई सुदृढ र बलियो बनाउनु पर्ने आवश्यकता रहेको बताए ।

‘अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नेपाली कांग्रेसको अगुवाईमा प्राप्त व्यवस्था हो । कांग्रेसले सबै ठूलठूला परिवर्तनको नेतृत्व गर्‍यो । मुलुकको विकास र समृद्धिको पूर्वाधार पनि कांग्रेसले नै खडा गरिसकेको छ,’ उनले भने, ‘यो महाधिवेशनबाट पार्टीलाई अझै बलियो बनाएर आगामी तीनै तहमा निर्वाचनमा कांग्रेसलाई विजयी गराउनुपर्ने दायित्व हाम्रो काँधमा छ । कांग्रेसले मात्रै यो मुलुकको विकास र समृद्धिको विकास गर्न सक्छ भन्ने प्रमाणित भइसकेको छ ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.