नयाँबजारस्थित एक गार्मेन्टमा आगलागी

काठमाडौं । काठमाडौंको नयाँबजारस्थित एक गार्मेन्टमा आगलागी भएको छ । शुक्रबार दिउँसो सो स्थानमा आगलागी भएको छ । शुक्रबार दिउँसो  प्राइम कलेजनजिकै आगलागी हुँदा क्षति भयो भन्नेबारे यकिन भइसकेको छैन । 

आगो नियन्त्रणका लागि अहिले घटनास्थलमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोली र दमकल पुगिसकेका छन् ।

प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी सहायक निरीक्षक तर्क बिकका अनुसार घटनास्थलमा अहिले आगो निभाउने काम भइरहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.