अध्यक्ष पदमा निर्वाचित भए पार्टीभित्रको गुट अन्त्य हुन्छ : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्गदेन अध्यक्ष पदमा निर्वाचित भए पार्टीबाट गुटको अन्त्य गर्ने बताएका छन् । 

शुक्रबार भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा अध्‍यक्षमा उम्मेदवारी दर्ता गराउने क्रममा उनले सो कुरा बताएका हुन् ।  ‘ म विजयी भएमा राप्रपामा सबै गुटको अन्त्य हुन्छ । गुटको शमूल नै अन्त्य हुन्छ,’ सञ्चारकर्मीसँग उनले भने, ‘राप्रपामा नयाँ नेतृत्व आए फुटको चरण अन्त्य हुन्छ। अब मात्र जोड्‍ने काम बाँकी रहन्छ ।’

उनले देशभर राप्रपा सकिँदै जाँदा झापामा क्रियाशील सदस्‍यता धेरै रहेको दाबी गर्दै अब देशभरि नै राप्रपाको शक्तिशाली हुने बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.