काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकिल कार्यालयले तामाङविरुद्ध पाँच अर्ब ६७ करोड रुपैयाँ बिगो माग दाबीसहित सिभिल समूहका अध्यक्षविरुद्ध मुद्दा दायर भएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार अदालतमा मुद्दा दर्ता गरिएको हो ।
तामाङविरुद्ध ८ वर्ष कैद सजाय र बिगो बापत ५ अर्ब ५९ करोड रुपैयाँ जरिवाना मागदाबी गरिएको छ।