बागमती प्रदेशमा संविधाविपरीत ८ मन्त्रालय फुटाएर १४ पुर्‍याइयो (कुन-कुन मन्त्रालय फुटे सूचीसहित)

काठमाडौं । बागमती सरकारले भाग मिलाउनका लागि आठ मन्त्रालयलाई फुटाएर १४ बनाएको छ । नेपालको संविधान २०७२को धारा १६८ को उपधारा ९ बमोजिम कुल प्रदेश सांसदको बीस प्रतिशत मात्रै मन्त्री बन्न पाउने व्यवस्था छ ।

तर, बागमती प्रदेश सरकारले सोविपरीत सरकारमा आबद्ध दललाई भागबण्डा पुर्‍याउन आठ मन्त्रालय फुटाएर ‍१४ पुर्‍याएको हो ।

मन्त्रालय थप गरी राजपत्रमा सूचना समेत प्रकाशन गरिसकेको छ ।

यसअघि मन्त्रालय भागबन्डाकै कारण मन्त्रालय  भागबण्डा नमिल्दा कसले कुन र कति मन्त्रालय पाउने भन्ने बारे गठबन्धनका दलहरू बीच सहमति हुन सकेको थिएन ।

पाण्डेको नेतृत्वको प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस र जनता समाजवादी पार्टी सहभागी छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.