काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले महाधिवेशनलाई लिएर आफू उत्साहित भएको बताएका छन् । शनिबार मतदानपछि क्विक नेपालसँग कुराकानी गर्दै उनले यो महाधिवेशन अन्तिम एकताको महाधिवेशन भएको बताउँदै महाधिवेशनबाट चयन नेतृत्वबाट पार्टी आगामी निर्वाचनका लागि अघि बढ्ने बताए ।
आफूले पार्टी एकताका लागि आफूले पार्टी चलाउन सक्ने उम्मेदवारलाई मतदान गरेको बताए । सो क्रममा उनले पार्टी एकीकृत पार्टीका लागि आफूले उम्मेदवार नदिएको बताए । प्रतिस्पर्धामा आउनुअघि दुवै पक्षलाई सहमति गर्न जोड दिएको बताउँदै राणाले मतदानमा गएपछि परिणामा स्वीकार्नुपर्ने बताए ।
महाधिवेशपछि पार्टी फुट्न सक्छ भन्ने हल्ला छ नि भन्ने प्रश्नमा उनले भने, ‘ प्रजातन्त्रमा निर्वाचनमा गइसकेपछि सोको परिणाम स्वीकार्न सक्नुपर्छ ।’