काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनमा आफूले सभापतिमा उम्मेद्वारी दिने बताउँदै सघाउन आग्रह गरेका छन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आफूनिकट पत्रकारसँग कुराकानी गर्ने क्रममा उनले सो आग्रह गरेका हुन् । सो क्रममा उनले १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने पनि जानकारी गराएका छन् ।
कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुँदै छ ।