काठमाडौं । म्यान्मारको अदालतले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई चार वर्षको जेल सजाय सुनाएको छ ।
कोभिड नियम उल्लंघन गरेर स्थिति भड्काएको आरोपमा उनलाई लागेको छ। उनीमाथि भ्रष्टाचार,गोप्य ऐन उलंघनलगायत ११ वटा आरोप लगाइएको छ।
त्यहाँको सेनाले गत फेब्रुअरीमा सैनिक 'कु' मार्फत उनलाई पदच्यूत गरिएको थियो। त्यसअघि उनी त्यहाँको निर्वाचित सरकारको नेतृत्व गरिरहेकी थिइन्। अब ७६ वर्षीया सुकीले ४ वर्ष जेल जीवन बिताउनु पर्नेछ।
सेनाले गतवर्ष भएको आमनिर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै सेनाले सत्ता कब्जा गरेको थियो। त्यसपछि उनलाई सेनाले नजरबन्दमा राखेको थियो।