काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले न्यायालय विवाद संवादबाट सुल्झाउनु पर्ने बताएका छन् ।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्ने क्रममा उनले सो बताएका हुन् । साथै उनले सो क्रममा लोकतन्त्रको सुदृढीकरण र सङ्घीयता रक्षा गर्न बनेको राजनीतिक गठबन्धनमा समस्या नभएको बताए ।
त्यसैगरी, तीन तहको एकैपटक निर्वाचन गर्ने हो वा अलगअलग गर्ने भन्ने विषयमा छलफल भइरहेको बताउँदै नेपालले राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनले झन सफलता हासिल गर्ने बताए ।