बारको टोली पुग्यो ओली निवास

काठमाडौं । नेपाल बार एसोसिएसनको टोली प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कात्तिक दोस्रो सातादेखि सर्वोच्चमा आन्दोलनरत बारको टोली मंगलबार प्रमुख प्रतिपक्षी दलका नेता निवास बालको पुगेको हो ।

सो टोलीको नेतृत्व बार अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको नेतृत्वमा नेपाल बारका उपाध्यक्ष, महासचिव लिलामणी पौडेल, कोषाध्यक्ष रुद्र पोखरेल, पाँच जना सदस्यहरू, पूर्वअध्यक्षहरू शम्भु थापा, पूर्वमहासचिव रमण श्रेष्ठलगायत छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.