फैसला लेख्ने श्रीमान्‌ले भनेका छन् ओली नहटाइ नभएकाले ‘आउट अफ संविधान’ जानुपर्‍यो – ओली

काठमाडौं । बालकोटमा बार पदाधिकारीहरुसँग कुरा गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशको लागि फैसला लेख्ने श्रीमान्हरुले ओली हटाउन कै लागि संविधान भन्दा बाहिर गएर निर्णय गर्नुपरेको बताएको दावी गरेका छन् ।

प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन सहयोगको याचना गर्दै बालकोट पुगेका बार पदाधिकारीहरुसँग अध्यक्ष ओलीले सो धारणा राखेका हुन् । सत्तागठबन्धनसँग निर्णायक सम्बन्ध मागिरहेका कानून व्यवसायीहरुले दोहोरो भुमिका खेलिरहेको ओलीको भनाई छ ।

शुरुमा परमादेशको लागि प्रधानन्याधीशलाई सघाउने र अहिले प्रधानन्यायाधीशमाथी महाअभियोग लगाउन सहयोग याचना माग्नु दोहोरो भुमिका भएको अध्यक्ष ओलीले बताए ।

शम्भु थापा, कृष्णप्रसाद भण्डारी र रमण श्रेष्ठजस्ता वरिष्ठ अधिवक्ताहरूले ओलीको पंशंसा गर्दै सहयोग गर्न अपिल गरेका थिए । त्यसवारे आफ्नो धारणा राख्दै ओलीले आफुविरुद्ध परमादेश सेटिङ वकिलहरुले मिलाएको भन्दै कुनै गुनासो नभएको बताएका छन् ।

परमादेशको असर अहिले सबै न्यायाधीश र वकिलहरुले पोल खोलिरहेको समेत ओलीले दावी गरे । यस्तो अवस्थामा प्रधानन्यायाधीशमाथी महाअभियोग लगाउने हो भने सत्ता गठबन्धनलाई नै पहिलो सहयोग माग गर्न सुझाव दिए ।

अहिले न्याय ध्वस्त भएको छ । हामी चाहान्छौं यस स्थितिबाट न्यायालयलाई साँच्चैको स्वतन्त्र, निष्पक्ष र स्वच्छ बनाउनुपर्छ । हामीले स्वतन्त्र न्यायालयको निकै कुरा गर्‍यौं । यदि त्यसमा स्वच्छता भएन, यदी त्यसमा न्यायिक मन भएन भने त्यो स्वतन्त्रता दुरूपयोग भएर अहिलेको अवस्था आउँछ । अहिलेको अवस्था किन आयो भने न्यायालय स्वतन्त्र बोल्न पनि नपाइने, भन्न पनि नपाइने, जे गरे पनि हुने । यस्तो भएपछि त स्वतन्त्रताको दुरूपयोग भयो ।

तपाईंहरूका थुप्रै कुराहरू जायज छन् । कुनै बिन्दु एउटा प्रस्थान बिन्दु हुनसक्छ । तर, प्रधानन्याधीशको अवकाश भनेको प्रस्थान बिन्दु होइन । त्यसबाट न्यायिक सुधारको यात्रा अगाडि जान्छ भन्ने हो भने त्यहिँ पूर्णविराम लाग्छ । पूर्णविराम लगाउने नै कुरा हो त्यो । त्यसका अनेक लक्षण देखिएका छन् । किनकी एउटा हटाएर अर्को ल्याउने र सेटिङ मिलाउने कुरा छ, ओलीले भनेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.