काठमाडौं । अर्थमन्त्री जनार्दन शमाले नेपालको पुनर्निर्माण कार्य ९० प्रतिशतभन्दा बढी सकिएको बताएका छन् ।
२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पहरुबाट पुगेको क्षतिको पुनर्निर्माण तथा पुनर्स्थापनाका अधिकांश कार्य राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सफलतापूर्वक सम्पन्न गरेको सन्दर्भमा आयोजित सम्मेलनलाई संबोधन गर्ने क्रममा अर्थमन्त्री शर्माले सो बताएका हुन् ।
नेपालको पुनर्निर्माणको अनुभव आदान प्रदानका लागि सो सम्मेलन आयोजना गरिएको हो ।
त्यसैगरी, राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ सालको भूकम्पबाट एकतिहाइ जनता प्रभावित बनेको बताइन् । सो क्रममा उनले भौगोलिक रुपमा नेपाल भूकम्प आउने देशमा पर्ने बताउँदै आपतकालीन अवस्थामा सहयोग प्राप्त भएको र सो सहयोगप्रति हार्दिक आधार पनि प्रकट गरिन् ।
त्यसैगरी, उनले नेपालको पुनर्निर्माण कार्य तीन तहका सरकारको समन्वायत्मक रुपमा भएको पनि बताइन् ।
अहिले कार्यक्रमलाई राष्ट्रपति भण्डारीले संबोधन गरिरहेकी छिन् । कार्यक्रममा छिमेकीलगायत मुलुकका राजदूत सहभागी भएका थिए ।