सिटौला निवासमा पौडेल

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा नेताहरुबीचको भेटघाट बाक्लिन थालेको छ । यसैबीच वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीच भेटवार्ता भएको छ । पौडेल सिटौलालाई भेट्न उनकै निवास पुगेका छन् ।

पौडेल पक्षबाट १४ औं महाधिवेशनका लागि साझा उम्मेद्वार तय गर्न सकिरहेको छैन । साझा उम्मेद्वार छान्नका लागि बत्तिसपुतलीमा बोलाइएको बैठकमा सभापतिका दाबेदारहरु नै नआएपछि पौडेल बैठकबाट बाहिरिएका थिए । बैठकबाट उनी सोझै सिटौला भेट्न उनको निवास पुगेका थिए । दुई नेताबीच करिब आधा घण्टा छलफल भएको थियो ।

सिटौला र पौडेलबीच भएको भेटमा आगामी महाधिवेशनबाट एकै ठाउँमा उभिएर नेतृत्व गर्नेबारे कुराकानी भएको थियो । सिटौलाले भने यसबारे आफ्नो समुहमा छलफल गरेर निर्णय गर्ने बताएका छन् ।

पौडेल र सिटौलाबीच यस अघि खासै तालमेल भने थिएन । तर महाधिवेशनको सम्मुख दुई नेताबीचको भेटले भने खास अर्थ राखेको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.