काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन विश्वका केही देशहरुमा देखा पर्न थालेको छ । जसका कारण पुन महामारी फैलिने त्रास बढ्दै गएको छ । तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भने कोरोना भाइरसविरुद्ध विकास भएका खोपहरुले नै ओमिक्रोन भेरिएन्टलाई नियन्त्रण गर्न सक्ने पुष्टि गरेको छ ।
डब्लुएचओका चिकित्सकहरुक अनुसार ओमिक्रोनको पनि अन्य भेरियन्ट जस्तै खोपले विकास गरेको प्रतिरोधात्मक एन्टिबडी छला सम्ने क्षमता रहेको छ । ती एन्टिबडिलाई छल्न सम्ने उच्च क्षमता भएका खोपहरुको विकास भइसकेकोले यसबारे डराउन नपर्ने उनीहरु बताउँछन् ।
दक्षिण अफ्रिकामा गरिएको एक अध्ययनले फाइजर खोप कोरोना भाइरसको सुरुको स्ट्रोनभन्दा ओमिक्रोनविरुद्ध ४० गुणा बढी प्रभावकारी रहेको देखाएको छ । अफ्रिका हेल्थ रिसर्च इन्स्टिच्युटले गरेको यस अध्ययनको समिक्षा भने गरिएको छैन । उक्त इन्स्टिच्युटले ओमिक्रोनका १२ संक्रमितको रगत परिक्षण गर्दा ओमिक्रोन खासै प्रभावकारी नदेखिएको जनाएको छ ।
इन्स्टिच्युटका भाइरोलोजिष्ट प्रा. एलेक्स सिगलका अनुसार पूर्ण कोभिड खोप लगाइसकेको हो भने यसले ओमिक्रोनविरुद्ध पनि काम गर्ने अपेक्ष गर्न सकिन्छ । बुस्टर डोज लगाएमा थप सुरक्षा हुने उनको भनाई छ ।
ओमिक्रोनविरुद्ध फाइजरलगायत अन्य खोप कति प्रभावकारी हुन्छ भन्ने तथ्यांक आगामी केही दिनमा सार्वजनिक हुने अपेक्षा राखिएको छ । हाल मोडर्ना, जोनसन एण्ड जोनसन वा अन्य खोपले कस्तो कार्य गर्छ भन्ने अध्ययन भइसकेको छैन ।
सबैभन्दा पहिला दक्षिण अफ्रिकाले सार्वजनिक गरेको अत्याधिक उत्परिवर्तन रहेको ओमिक्रोन अन्य कोरोनाभाइरसभन्दा बढी संक्रामक भएपनि कम गम्भिर रोग लगाउने अमेरिकी संक्रामक रोग विशेषज्ञ डा। एन्थोनी फौचीले बताएका छन् ।