नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन हुन अब दुई दिन मात्र बाँकी छ । त्यसैले कांग्रेसको संस्थापन र इतर समूह सभापतिसहितको प्यानल बनाउन जुटेका छन् । यता रामचन्द्र पौडेल समूहको बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको छ ।
बैठकमा नेताहरू चन्द्र भण्डारी, जीवन परियार र डा।रामशरण महत, जिल्ला सभापति, निवर्तमान जिल्ला सभापति, प्रदेश सभापति, प्रदेशमा उम्मेदवार बनेकाहरू र केन्द्रीय सदस्यहरू सहभागी छन् ।


