पहिलो हेलिकप्टर दुर्घटनामा बाँचेका थिए सीडीएस रावत

काठमाडौँ । हिजो बुधवार भारतको तमिलनाडुमा भएको सेनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका भारतीय चिफ अफ डिफेन्स स्टाफ ( सीडीएस) विपीन राउत ६ वर्ष अगाडिको हेलिकप्टर दुर्घटनामा सकुसल रहेका थिए ।

भारतीय सेनाको लेफ्टिनेन्ट जनरल भएका बेला सन २०१५ फ्रेबूअरी ३ मा उनी चढेको हेलिकोप्टर दुर्घटना भएको थियो ।

सो दुर्घटनामा रावत सहित त्यसमा सवार अन्य सैनिक अधिकारीहरु समेत सुरक्षित रहे । तर हिँजो बुधवार भएको हेलिकोप्टर दुर्घटनामा रावत र उनकी पत्नी सहित ११ जना सैनिक अधिकारीको मृत्यु भयो ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.