हृदयेश त्रिपाठीले नयाँ पार्टी खोल्ने 

काठमाडौं । हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।

मङ्सिर २८ गते एक कार्यक्रम आयोजना गरी उनले जनता प्रगतिशील पार्टी नेपाल खोल्न लागेका हुन् । 

त्रिपाठी सो पार्टीको संयोजक रहने बताइएको छ । गत निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहबाट उनीलगायत नेताले एमालेको सूर्य चुनाव चिन्हबाट प्रदेशसभा र प्रतिनिधि सभा चुनाव लडेका थिए ।

प्रतिनिधिसभामा त्रिपाठी र वृजेश गुप्ता विजयी बनेका थिए भने एकजनाले प्रदेशसभामा चुनाव जितेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.