काठमाडौं । लामो समयपछि पूर्वनेकपाका अध्ययक्षद्वय केपी शर्मा ओली,पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल एउटै मञ्चमा देखिने भएका छन् ।
२०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेसँगै आम्नेसाम्ने भएका केपी शर्मा ओली र दाहाल र नेपाल शुक्रबार नेपाली कांग्रेस महाधिवेशन उद्घाटनमा एकैसाथ देखिने भएका हुन् ।
यसअघि नेकपा एमालेको महाधिवेशनमा पुष्पकमल दाहाल र केपी शर्मा ओली आम्नेसाम्ने हुने अनुमान गरे पनि दाहाल आफू नगई प्रतिनिधि पठाएकाले एकै पञ्चमा दुई सिंह देखिनबाट वञ्चित भएका थिए ।
नेकपा हुँदा ओली र दाहल अध्यक्ष थिए । सोही क्रममा उनीहरुले एकअर्कालाई कहिले एकै जंगलमा मिलेर बसेका दुई सिंह त कहिले जेट विमानका दुई पाइलटको उपमा दिएर प्रसंसा गर्थे ।
यसअघि नेकपा एमालेको महाधिवेशनमा नेकपा एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादी पार्टीलाई बोलाएको थिएन । तर, नेकपा एमालेको महाधिवेशनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने गएका थिए ।