काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल महाधिवेशनस्थल भृकुटीमण्डप पुगेका छन् ।
आफ्नो समूहमा सभापितको उम्मेदवारमा आफ्नो नाम सर्वसम्मत हुन नसकेपछि महाधिवेशनस्थल नजाने घोषणा गरेका उनी आफूनिटक केन्द्रीय सदस्यले फकाएपछि उनी महाधिवेशन स्थल पुगेका हुन् ।
पौडेल महाधिवेशनअघि उनीनिकट नेता र उनीबीच छलफल चलिरहेको थियो । आफ्नो पक्षमा सहमति जुट्न नसकेपछि सन्यास लिने घोषणा गरेका थिए । महाधिवेशन स्थल पौडेल पुगेपछि देउवाले सिटमा बस्न संकेत गरेका थिए ।