काठमाडौं । जारी नेपाली कांग्रेसको १४ महाधिवेशनलाई शुभकामना प्रदानका लागि नेपाली राजनीतिक वृत्तका प्रमुख नेता महाधिवेशन स्थल पुगेका छन् ।
महाधिवेशनस्थल पुगेका नेताहरुमध्ये कम्युनिष्ट धारका अध्यक्षद्वय पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सँगै बसेका छन् ।
त्यसैगरी, तराई केन्द्रित दल जसपा र लोसपाका अध्यक्ष क्रमश: उपेन्द्र यादव र महन्थ ठाकुर सँगै बसेका छन् ।
तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने महाधिवेशनस्थल पुगेका छैनन् ।