काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले ल्याएका नारा अन्य दलले पनि शब्द दायाँ-बायाँ गरेर कपी गरेको बताएका छन् ।
एमाले बागमती प्रदेश कमिटीले दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई दिन आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले सो बताएका हुन् ।
एमालेको समृद्ध नेपाल सुखी नेपालीको नारा अपूर्ण रहेको भन्दै कांग्रेस महामन्त्रीका उम्मेदवार गगन थापाले बिहीबा आफ्नो अवधारणा सार्वजनिक गर्ने क्रममा समुन्नत नेपाल,सम्मानित नेपाली हुनुपर्ने बताएका थिए ।
अध्यक्ष ओलीले एमालेले लिएको समृद्ध नेपाल,सुखी नेपालीको नारा मुलुकको राष्ट्रिय गन्तव्य रहेको बताए ।
‘हामीले समृद्ध नेपाल,सुखी नेपाली भन्यौं । अलि अलि शब्द यताउता पारेर सम्मानित नेपाली पो हुनुपर्छ भनेर केही अर्काथरिले पनि कपी गरेछन्,’ ओलीले भने, ‘हिजो हामीले आफ्नो गाउँ आफैं बनाउँ भन्ने लहर चलायौँ । त्यसपछि अनेक कालमा नाम परितर्वन गर्दै कपी गर्न खोजियो । गाउँ गाउँमा सहकारी घर घरमा भकारी यस्तै यस्तै । तर एमालेले लिने नारा भनेको राष्ट्रिय गन्तव्य हो ।’