मैले यतिधेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा देखेको छैन : हर्षवर्द्धन

काठमाडौँ । भाजपाका नेता हर्षवर्धनले नेपाली कांग्रेसकाे उद्घाटन सत्रमा मैले अहिलेसम्म एउटै मञ्च पूर्वप्रधानमन्त्रीलाई नदेखेको बताएका छन् । शुभकामना मन्तव्यकाे क्रमममा उनले भने 'प्रधानमन्त्री मोदी र भाजपाका अध्यक्ष जेपी नड्डाको तर्फबाट शुभकामना दिन्छु ।' मैले अहिलेसम्म यस्तो कार्यक्रम अहिलेसम्म देखेको छैन । जहाँ देशका सबै पार्टी महाधिवेशनमा शुभकामना दिन सहभागी छन् ।

प्रकाशशरण महतको भम्रणमा भारतका नेतासँग सौहार्दपूर्ण रुपमा कुराकानी भएको उल्लेख गर्दै उनले सम्बोधन क्रममा जय नेपालको सम्बोधन गरका छन् । सम्बोधन गर्दै उनले भने 'कोभिड भारतमा पनि थियो तर नेपाल–भारतको सम्बन्ध यस्तो छ, त्यसका आधारमा भारतले नेपाललाई सहयोग गरेको थियो ।' 

© 2021 Quicknepal.com  |  All Rights Reserved.