काठमाडौं । नेकपा मालेका महासचिव सिपी मैनालीले देशमा शासनभन्दा पनि कु शासनतर्फ उन्मुख भएको बताएका छन् ।
१४ औँ महाधिवेशनलाई संबोधन गर्ने क्रममा मैनालीले देश परमादेशबाट सरकार बनेको, सभामुखमाथि अदालतमा मुद्दा रहेको बताउँदै उनले सो बताएका हुन् ।
महाधिवेशनलाई शुभकामना दिने क्रममा उनले एमसिसीतर्फ संकेत गर्दै उनले नेपाली नेता केही पैसामा फस्न नहुने बताएका छन् ।