काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसस्था र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद , सांसदले मन्त्री हुन नपाउने व्यवस्था लागू गर्न प्रस्ताव गरेका छन् ।
शुक्रबारबाट सुरु भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई संबोधन गर्ने क्रममा लिङ्देनले सो बताएका हुन् ।
सो क्रममा उनले सरकार सरकारजस्तो नभएको बताउँदै अदालत अदालत अदालतजस्तो नभएको बताए । ‘ यो सबैलाई ठिक लगाउने राजनीति ठीक छैन । राजनीतिकलाई ठीक लागउने नेता ठीक छैनन् । तर, आज नेताहरुले पूर्ण रुपले विश्वास गुमाएको अवस्था छ । विश्वास मरेको अवस्था छ,’ सो क्रममा उनले भने ।
सो क्रममा उनले गाउँमा नेतालाई चोर भन्न थालेको बताएका छन् । लिङ्देन केही दिनअघि राप्रपा महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए । उनले यसअघिका अध्यक्ष कमल थापालाई पराजित गरेका थिए ।