काठमडौं । नेपाली कांग्रेसको काठामाडौंमा जारी १४औं महाधिवेशनमा फरक रुप देखिएको छ । हालै सम्पन्न भएको नेकपा एमालेको १०औं महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुयप कमल दाहाल प्रचण्डलाई आमन्त्रण गरेपनि उनी शुभकामना दिन पुगेका थिएनन् ।
उनै प्रचण्ड नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केपी शर्मा ओलीसँगै उपस्थित भएका छन् । कांग्रेसको महाधिवेशनलाई शुभकामना दिन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड एक साथ कांग्रेस महाभिवेशनमा उपस्थित भएका हुन् । तत्कालिन पार्टी नेकपा पछि सँगै स्टेज सेयर नगरेका केपी ओली र प्रचण्ड पहिलो पटक एउटै समारोहमा एउटै रो मा देखिएका हुन् ।
त्यति मात्र हैन । एकले अर्कोलाई तथानाम गालि गरिरहेका नेताहरु एउटै मञ्चमा देखिएका हुन् । रमाईलो त अझ के छ भने कांग्रेस सभापति एंव प्रधानमन्त्री शेर बहादुर देउवाको दायाँ र बायाँ केपी ओली र प्रचण्डले आशन गरिरहेका छन् । प्रचण्डको साईडमा भने नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल छन् ।
कांग्र्रेस महाधिवेशन लाई रौनकता दिने काम राजनीनतिक दलहरुले गरेको छ । एउटै मञ्चमा बसेर माधव नेपाल, प्रचण्ड र केपी शर्मा ओलीले कसरी सम्बोधन गरेर शुभकामना दिन्छन् भन्ने आम जनतालाई उत्सुकता जागेको छ ।
नेताहरुले राजनीतिक पार्टीको समारोहमा एकले अर्कोलाई आरोप प्रत्यारोप गर्दै शुभकामना दिने क्रममा तत्कालिन पार्टी नेकपा नेताहरुको सम्बोधनलाई विशेष रुपमा हेरिएको छ । कांग्रेस महाधिवेशन पछि एकै मञ्चमा यी नेताहरुलाई सायदै देख्न सकिन्छ ।