काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भाजपा नेताको अभिव्यक्तिप्रति टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा भाजपा पार्टीका हर्षवर्द्धनको अभिव्यक्तिप्रति इंगित गर्दै नेपाली राजनीतिक दल एकले अर्का पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन सक्ने बताए । साथै उनले नेपालको प्रधानमन्त्री बनाउने संकृति भारतले पनि सिक्न जरुरी रहेको बताए ।
भाजपाका नेता हर्षवर्द्धनले आफूले एउटै मञ्चमा आफूले यतिधेरै प्रधानमन्त्री कहिल्यै नदेखेको बताएका थिए ।
प्रचण्डले आफूहरुले एकले अर्कालाई प्रधानमन्त्री बनाएका हौँ भन्दा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले टाउको हल्लाएका थिए ।