ओलीप्रति प्रचण्डको अहिले सम्मकै लचक प्रस्तुति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले केपी शर्मा ओलीसँग एउटै स्टेज सेयर गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शुभकामना दिने क्रममा एउटै स्टेज सेयर गरेका प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति अहिलेसम्मकै लचक रुपमा प्रस्तुत भएका छन् ।

लगातार हरेका कार्यक्रममा केपी ओली माथी खनिने प्रचण्ड पहिलो पटक केपी ओली प्रति लचक बनेका हुन् । कांग्रेस महाधिवेशनमा शुभकामना दिने क्रममा प्रचण्डले शुरुमा राजा र राप्रपालाई गाली गर्दै आफ्नो धारणा प्रस्तुत गरे ।

पछि उनले नेपाली कांग्रेसको गुनगाण गाउँदै कांग्रेसले सरकारको नेतृत्व गरेको पालामा माओवादीले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि नेपालमा लोकतान्त्रिक गनणतन्त्रलाई संस्थागत गर्ने बाटो खुलेको दावी गरे ।

नेपाली कांग्रेससँग माओवादी केन्द्रको विशिष्ट सम्बन्ध रहेको भन्दै कांग्रेससँग माओवादीको गहिरो एकता कायम हुनुपर्ने प्रचण्डले बताए । एक्लै हिड्न नसक्ने भन्दै उनले गठबन्धनबाट प्राप्त भएको सफलतालाई संस्थागत गर्दै पुनः एकता कायम गर्नुपर्ने भन्दै एक्लै हिड्न नहुने बताए ।

अन्तिममा प्रचण्डले ओलीतिर इंगित गर्दै एक्लै हिड्ने मान्छे र पार्टी ओरालोतिर लाग्ने बताए । यस्तो एक्लै हिड्नेहरुलाई बाटोमै छोडेर गठबन्धन भने एकतामा अघि बढ्नुपर्ने प्रचण्डले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.